महालेखापरीक्षकमा तोयम राय सिफारिस

काठमाडौं। महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस हुनुभएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
उहाँलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको परिषद्की सदस्यसमेत रहनुभएकी उपसभामुख इन्दिरा रानामगरले जानकारी दिनुभयो ।
गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्