तपाईँ सुन्दै हुनुहुन्छः

फिदिम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

पाँचथर । पाँचथर जिल्लाको फिदिम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता  घोषणा गरिएको छ । 

जिल्ला समन्वय समिति उपप्रमुख याम कुमार आङ्बो र नगर प्रमुख मित्र प्रसाद काफ्लेले मङ्गलवार नगरपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्नुभएको हो ।   

पहिलो चरणमा पालिकाका १४ वटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । 

नगरपालिका भित्र रहेका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चित गरिएको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरिएको थियो  । 

५ वर्ष मुनिका ३ हजार १ सय ६० बालबालिकाले १३ प्रकारका सम्पुर्ण खोपको पहुँच पुगेको नगर प्रमुख काफ्लेले बताउनु भयो । खोप सुनिश्चितता नेपाल सरकारको पहिलो प्राथमिकताको कार्यक्रम अन्तर्गत पर्छ । पाँचथर जिल्लामा यस अघि हिलिहाङ र याङवरक गाउँपालिकाले पनि पूर्ण खोप पालिका घोषणा गरि सकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button