नेपालले भुटानलाई हरायो
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/02/u-20-women-football-team-1024x578-1.jpg)
काठमाडौँ । साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो । पूजाले गोल गरेको चार मिनेटपछि कप्तान भूमिकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।
खेलको ३१औँ मिनेटमा ग्यान्सुले एक गोल थपिन् । त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथि सहज जित निकाल्यो । जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो ।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो । यससँगै नेपालले प्रतियोगितामा तीन अङ्क बटुलेको छ । अब नेपालले यही फागुन २४ गते भारतसँग खेल्नेछ । रासस
प्रतिक्रिया राख्नुहोस्