तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा भ्यानको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु

नेपालगन्ज । बाँकेमा म्याजिक भ्यानको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–४ किरणनालास्थित सडकमा भे.१ ज १२०७ नम्बरको म्याजिक भ्यानको ठक्करबाट गम्भीर घाइते हुनुभएकी पैदलयात्री कोहलपुर नगरपालिका–३ बस्ने ७२ वर्षीया कौशिल्या शाहीको उपचारका क्रममा मृत्यु भएको हो ।

आइतबार दिउँसो भ्यानको ठक्करबाट गम्भीर घाइते हुनुभएकी शाहीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा आज मृत्यु भएको हो ।

उक्त दुर्घटनामा घाइते भएका म्याजिक भ्यानमा सवार ५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने २ जनाको उपचार चलिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button