तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक सचेतना अभिवृद्धि गर्दै सडक अनुशासन कायम गर्नका लागि सबैलाई प्रेरित गर्न आवश्यक छ: गृहमन्त्री श्रेष्ठ

नेपालगन्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आम सर्वसाधारणमा ट्राफिक सचेतना अभिवृद्धि गर्दै सडक अनुशासन कायम गर्नका लागि सबैलाई प्रेरित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताहको आज नेपालगन्जमा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्ता अभियानले सडक अनुशासन कायम गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने बताउनुभयो । उहाँले अभियानलाई सफल पार्न सबैलाई आह्वान गर्नुभयो । गृहमन्त्री श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको इमानदारिता र सक्रियता आवश्यक रहेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले स्कुटर चालकलाई हेल्मेट हस्तान्तरण तथा सवारी साधनमा सचेततामूलक स्टिकर टाँस गरी ट्राफिक सप्ताहको शुभारम्भ गर्नुभएको हो । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा ट्राफिक सप्ताह सुरु गरिएको हो । औपचारिक कार्यक्रम अघि नगरमा प्रभातफेरि निकालिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button