तीन वटा व्यावसायिक विचार पुरस्कृत, प्रत्येकलाई १ लाख रुपैयाँ नगद
काठमाडौँ । सोचलाई उद्यमसम्म जोड्न पुलको रुपमा काम गर्दै आएको आइडिया स्टुडियो नेपालले शनिबार कलेज आइडिया हन्ट कार्यक्रम सम्पन्न गरेको छ ।
कलेज आइडिया हन्ट २०२३ मा उत्कृष्ट ३ बटा बिचार आइडियालाई पुरस्कृत गरिएको छ ।
उत्कृष्ट ३ बटा बिचार आइडियामा नेहा प्रवीणको लाइट बेट ईयरिंग,सौगात आचार्य, नवीन ढकाल,रमिन घिमिरे र सचिन घिमिरेको अश्वस्त्थामा डट कम,आयुषी सिंह,पूजा जोशी र गणेश आचार्यको उपन्हा बिचार छनौटमा परि पुरस्कृत भएका थिए ।

ती उत्कृष्ट ३ बटा बिचार आइडिया प्रस्तुत गरेको प्रत्येक टोलीलाई नगद १ लाख रुपैयाँ नगद प्रदान गरिएको थियो ।
कलेज आइडिया हन्ट २०२३ मा २०० भन्दा बढी व्यावसायिक विचारहरू प्राप्त भएकोमा १० वटा उत्कृष्ट बिचार आइडियालाई अन्तिम प्रक्रियाका लागि छनौट गरिएको थियो ।
कार्यक्रमको निर्णायक मण्डलमा डव्लु डव्लु एफ नेपालका प्रमुख अपरेटिङ अफिसर रवित प्रताप सिंह, काठमाडौँ मोडल कलेजका प्रधानाध्यापक सुरेन्द्र सुवेदी र बेनेसे होल्डिग्स् इंक जापानका निर्देशक ताकुमा कोइजावा रहनुभएको थियो ।
त्यस कार्यक्रममा बोल्नुहुँदै वर्ल्ड वाईल्ड लाईफ फण्ड डव्लु डव्लु एफ नेपालका देशीय प्रतिनिधि डा. घनश्याम गुरुङले सबै व्यवसाय दिगो र पर्यावरण मैत्री हुनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बेनेसे होल्डिंग्स इंक जापानका निर्देशक ताकुमा कोजाईवाले युवा विद्यार्थीहरूबाट आएका आइडियाहरू सबै पुरस्कृत हुन नसकेपनि उत्कृष्ट रहेकाले आगामी दिनमा आफ्ना विचारहरूलाई व्यवसायमा परिणत गर्दै अघि बढ्न सकिने बताउनुभयो ।
काठमाडौँ मोडेल कलेजका प्रधानाध्यापक सुरेन्द्र सुवेदी र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका निमित्त निर्देशक डा. गोविन्द तामाङले आइडिया हन्ट जस्ता कार्यक्रमले हाम्रा युवाहरूमा भएका विचारहरूको उजागर गर्नुका साथै नयाँ उद्यमशीलताको विकासमा मद्दत गर्दै आएको बताउनुभयो ।
हालसम्म आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रम मार्फत देशका सात वटै प्रदेशमा १६देखी ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको नयाँ नयाँ व्यावसायिक आइडियाहरू जुटाउन सफल भएको आइडिया स्टुडियो नेपालकी रणनीति तथा सञ्चार प्रमुख सदिच्छा श्रेष्ठले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्