महिनावारी बिदाको नियमावली बनाउँदै लुम्बिनी प्रदेश

नवलपरासी । लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने गरी मन्त्रीपरिषदबाट ऐन पारित गरेको छ । निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को ११७ मा निजामती कर्मचारीले पाउने बिदामा महिनावारी (पिरियड) बिदा भनेर समावेश गरिएको हो।
प्रदेशसभामा असार २२ गते विधेयक दर्ता भएको थियो । सरकारले दर्ता गरेको विधेयक माथि निरन्तर छलफल भएको थियो । भदौ २२ गते प्रदेश सभाको बैठकले सर्वसम्म रुपमा विधेयक पारित गरेको थियो । यो विधेयकलाई प्रदेश प्रमुख अमिक शेरचनले मङ्सिर २१ गते प्रमाणीकरण गर्नुभएको थियो । प्रदेश सरकारले ऐन राजपत्रमा प्रकाशित गर्न बाँकी छ ।
“मन्त्री परिषदबाट ऐन पारित भएको छ,अब तीव्र रुपमा नियमावली बनाउँदै छौ,कति दिन बिदा दिने भन्ने कुरा सबैको छलफल बाट टुङ्ग्याउँछौ”मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी भविश्वर घिमिरेले रेडियो नेपाललाई बताउनु भयो ।
नियमावली बनेर राजपत्रमा प्रकाशित भएपछि सबै कर्मचारीलाई जानकारी हुने घिमिरेले जानकारी दिनुभयो ।अहिले प्रदेशमा दुई हजार ६ सय कर्मचारी छन् । जसमध्ये पाँच सय ५० महिला कर्मचारी छन् ।









प्रतिक्रिया राख्नुहोस्