तपाईँ सुन्दै हुनुहुन्छः

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले सय जना समाजसेवीलाई सम्मान गर्ने

विराटनगर । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र विराटनगरले विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनु हुने एकसय जनालाई सम्मान गर्ने भएको छ । 

सामाजिक, धार्मिक, स्वास्थ्य शिक्षा, साहित्य , महिला सशक्तिकरण, खेलकुद, प्रकृति कल्याण तथा जनावर संरक्षणमा निस्वार्थ सेवा पु¥याउनु हुने महानुभावलाई सेवा केन्द्रले सम्मान गर्न लागेको हो ।

सेवा केन्द्रले विराटनगरमा आज पत्रकार सम्मेलन गरि मङ्सिर १६ गते आऔँ हामी मिलेर बनार्औ एक स्वर्णिम समाजको अभियान सञ्चालन गदै विराटनगरका समाजसेवीलाई  सम्मान गर्न लागेको जानकारी गराएको छ ।  

कार्यक्रममा भारतको मुम्वाईबाट आउनु भएका प्रसिद्ध उत्प्रेरक प्राध्यापक इवी गिरिसले सहभागीहरूलाई प्रवचन दिनुहुने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

उहाँहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, सेवा केन्द्रका उत्प्रेरक गिरिश तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका प्रमुख सञ्चालक गीता दिदी सम्मान गर्नुहुने जनाइएको छ । 

विगत ८७ वर्षदेखि मानव व्यक्तित्वको विकास र चरित्र निर्माण लागि राजयोग ध्यानको माध्यमले सकारात्मक चिन्तन तथा जीवन जिउने कलाका लागी विभिन्न शिविर तथा कार्यक्रम सञ्चालन गरि रहेको सेवा केन्द्रकी प्रमुख सञ्चालक गीता दिदीले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button