तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको हो ।

बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि भीम सार्कीले ३५ बलमा ३९ रन बनाए भने सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे । त्यस्तै कुशल मल्लले ८ बलमा २७, विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ रन जोड्दा रोहित पौडेलले भने रन लिन सकेनन् । 

टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाएका थिए । कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ रन बनाए ।

बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट, सोमपाल कामी २ र विवेक यादवले १ विकेट लिए भने बागमतीका कप्तान सन्दीप लामिछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १–१ विकेट लिए । अब आर्मीले उपाधिका लागि शुक्रबार मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको विजेतासँग खेल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button