बाँके प्रहरीद्वारा नागरिकबाट सूचना र गुनासो लिन क्युआर कोडको प्रयोग

नेपालगञ्ज । बाँके प्रहरीले सेवा प्रवाह र सूचना सङ्कलनका लागि पहिलोपटक क्युआर कोड प्रयोगमा ल्याएको छ ।
नागरिकसँग सहजरुपमा जोडिन प्रविधिको प्रयोग थालेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । फेसबुक पेजमार्फत क्युआर कोड सार्वजनिक गरिएको छ । सहजरुपमा आम नागरिकसँग जोडिन पहिलोपटक क्युआर कोड प्रयोगमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले बताउनुभयो । नागरिकले प्रहरीले दिइरहेको सेवासम्बन्धी गुनासो तथा सुझावहरू भए क्युआर कोड मोबाइलमा स्क्यान गरेर दिन सक्ने बोहराको भनाई छ ।
नागरिकले आफूसँग भएको सूचना तथा घटनाबारे पनि प्रहरीलाई यही क्युआर कोडमार्फत जानकारी दिन सक्ने प्रहरीले जनाएको छ । प्रविधिले प्रयोगले घटनाको अध्ययन अनुसन्धान छिटोछरितो बनाउने उद्देश्य बाँके प्रहरीको छ । क्युआरको प्रयोगले फास्टट्रयाकबाट सूचना प्राप्त हुने प्रहरी प्रमुख बोहराको विश्वास छ । क्युआर कोडबाट सूचना दिने व्यक्तिको परिचय गोप्य राखिनेछ ।









प्रतिक्रिया राख्नुहोस्