तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल र ट्याक्टर आपसमा ठोकिँदा १ जनाको मृत्यु, एक घाइते

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुर अगाडि मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोकिँदा एक जनाएको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

शुक्रबार अपराह्न ४ बजे नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल र कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे २ त २४३ नम्बरको ट्याक्टर कोहलपुर नगरपालिका–११ स्थित इप्रका कोहलपुर अगाडि एक–आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ पासाङ लामु रोड बस्ने २३ वर्षीय अमृत गुप्ताको मृत्यु भएको छ ।

घाइते भएका दुवैलाई उपचारको लागि मेडिकल कलेज कोहलपुरमा पठाइएकोमा गुप्ताको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मोटरसाइकल तीव्र गतिमा रहेको र दुवैले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button