तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जको स्थिति नियन्त्रणमा छ-बाँके प्रशासन

नेपालगञ्ज। जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जको स्थिति नियन्त्रणमा रहेको बताएको छ । प्रशासनले मंगलबार साँझ एक सूचना जारी गर्दै सद्भाव कायम राख्न भ्रामक सूचना प्रचार नगर्न समेत आग्रह गरेको छ ।

स्थिति नियन्त्रणमा लिन सबै सुरक्षा निकाय परिचालन गरिएको भन्दै प्रशासनले सामान्य बल प्रयोग गर्दा ३ जना सुरक्षाकर्मीसहित १३ जना घाइते भएको बताएको छ । घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको समेत प्रशासनले जानकारी दिएको छ । नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।

दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरिएको हो । सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएकाले कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button