१९ औँ एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ औँ एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।
मङ्गलवार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले मङ्गोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा नेपालले कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति र भारतसँग गरेको उत्कृष्ट प्रदर्शनप्रति खुसी व्यक्त गर्दै बधाई दिनुभएको हो ।
उहाँले लेख्नुभएको छ,‘१९ औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाई । साथै आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’








प्रतिक्रिया राख्नुहोस्