कुम्मायक गाउँपालिकाले कार्यालयमा मिनिरल वाटर प्रयोग नगर्ने

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले कार्यालयमा मिनिरल वाटर प्रयोग नगर्ने निर्णय गरेको छ ।
पालिकाको कार्यालयमा मिनिरल वाटर प्रयोग गर्दा खर्चको भार पनि बढ्ने भएकाले अब देखि मिनिरल वाटर प्रयोग नगर्ने निर्णय गरेको कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावतीले बताउनुभयो ।
पालिकामा स्थानीय उत्पादित पानी र तमोर लिफ्टिङको पानी फिलटर गरि प्रयोग गरिने छ । पानी फिलट लागि २ लाख लागतमा सबै प्रविधिहरू पनि जडान भइसकेको लावतीले बताउनुभयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले कार्यालयले आर्थिक भार कम गर्न मिनिरल वाटर ५ वटै वडा कार्यालयमा नचलाइने निर्णय भएको बताउनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोका अनुसार पालिकाको कार्यालय र सबै वडा गरि वार्षिक १५ लाख बराबरको मिनिरल वाटर पानी खरिद गर्ने गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्