तपाईँ सुन्दै हुनुहुन्छः

टिकापुर घटनाका तीनजना कैदी रिहा

धनगढी । कैलाली जिल्ला कारागारबाट टिकापुर घटनाका तीनजना कैदीबन्दीलाई आज जेलमुक्त (रिहा) गरिएको छ ।अदालतले टिकापुर घटनामा उनीहरुलाई दोषी ठहर गर्दै कैद सजाएको फैसला सुनाएको थियो । २०७२ साल भदौ ७ गते टिकापुरमा भएको हिंसात्मक घटनामा एक नाबालक र आठ जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट फौजदारी कसुर (सजाए निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ बमोजिम बाँकी कैद माफी भएपछि उनीहरुलाई कैदमुक्त गरिएको बताइएको छ ।

कैलाली जिल्ला कारागारका अनुसार कैदमुक्त हुनेमा टिकापुर ३ का वीरबहादुर चौधरी र मनुवा ४ का हरिनारायण चौधरी र प्रदीप चौधरी रहेका छन् । उनीहरू २०७२ साल देखि कारागारमा रहेका थिए । यस्तै असल चालचलन भएका र आधा सजाए कैद भुक्तान गरेका अन्य ६ जनालाई समेत आजै कैदमुक्त गरिएको कारागार प्रशासनले जनाएको  कैदमुक्त गरिएका तीनै जनालाई लिन नागरिक उन्मुक्तिका अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिब निवारण मन्त्री रन्जिता श्रेष्ठ, पार्टीका संरक्षक रेशमलाल चौधरी, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, सांसद अरुण चौधरी लगायत कारागार पुगेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button