कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने गरी तोक्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री “प्रचण्ड” संयुक्त संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुन र त्यसपछि चीनको औपचारिक भ्रमणका लागि जानु भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्