पर्सामा डेंगी नियन्त्रण अभियान तीव्र रुपमा अघि बढाउने निर्णय
वीरगन्ज । बीरगंज तथा पर्सा जिल्लामा डेंगी संक्रमण फैलिन थालेपछि आज वीरगन्जमा जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक सम्पन्न भएको छ ।
जिल्ला विपद् व्यवस्थापन केन्द्रका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकले डेंगी संक्रमण नियन्त्रणका लागि बीरगंज महानगरपालिका सहित जिल्लाका सबै पालिकाहरूमा वडा स्तरीय सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता र डेंगी जाँच किटको तत्काल व्यवस्था गर्ने निर्णय गरेको छ ।
हाल वीरगन्ज र आसपासका क्षेत्रमा डेंगीको संक्रमण फैलन थालेपछि बीरगंज महानगरपालिकाले डेंगु संक्रमण फैलाउने लामखुट्टेको वासस्थान पत्ता लगाएर लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाइरहेको छ ।
पछिल्लो केही दिन यता यहाँका अस्पतालहरूमा डेंगीका बिरामीको सङ्ख्या बढ्दै गएपछि महानगरले विशेष अभियान नै चलाएको हो ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले डेंगी संक्रमण नियन्त्रणका लागि महानगरले थालेको कदम सह्रानीय रहेको बताउँदै डेंगी समस्याको रुपमा फैलन नदिन पहिल्यै चनाखो भएर सबैले हातेमालो गरेर आवश्यक सतर्कता अपनाउनु पर्ने कुरामा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्