तपाईँ सुन्दै हुनुहुन्छः

ताराखोलामा  स्याउखेतिको आकर्षण बढ्दै

बागलुङ । ताराखोला गाउँपालिका वडा न ५ ठुलो हिले कृषि तथा पशुपालन  समूहले  मपेस र ठुले हिलेमा १ सय ८० स्याउको बिरुवा रोपिएको छ   ।  

समुद्री सतह २ हजार देखी ३ हजार सम्मको उचाइमा उत्पादन  राम्रो  हुने भएकोले बिरुवा लाई ताराखोला मा लगाएको आर्थिक विकास शाखा प्रमुख चिन्तामणी शर्माले जानकारी दिनुभयो  ।

ताराखोला गाउँपालिकाको आर्थिक विकास शाखाको समन्वयमा कृषि विकास निर्देशनालय गण्डकी प्रदेश बाट स्याउका  बिरुवा लिएको हो । एउटा  बिरुवालाई  १ हजार १ सय पर्ने भएपनि  ७५ प्रतिशतको अनुदानमा २ सय ७५ का दरले १ सय ८० बिरुवा लिएको शर्माको भनाई छ ।

बिरुवा लगाएको २ देखी ३ वर्षमा फल लाग्ने र एक बिरुवा बाट २० देखी ३० केजी सम्म उत्पादन गर्न सकिन्छ । बागलुङ ताराखोला गाउँपालिका कृषकहरू अहिले स्याउखेतिमा आकर्षित बन्दै गएका छन् ।

हाइब्रीट प्रजातिको गोल्डेन ,गाला ,रोटा र पुजी प्रजातीको स्याउ   लगाइएको वडा न ५ का अध्यक्ष मन बहादुर रोकाले जानकारी दिनुभयो । यी प्रजातिका बिरुवालाई सरसफाई गर्न, बगैँचामा विषादी व्यवस्थापन र   कलमी गर्न सजिलो हुने भएकोले पनि  यसको प्रयोग गर्न थालिएको  अध्यक्ष रोकाले बताउनु भयो ।

विगतमा १४ रोपनी  स्याउ खेती गरेको भएपनि  यो वर्ष  १ रोपनी मै ४ हजार देखी ५ हजार बिरुवा लगाउन मिल्ने  खालको स्याउका बिरुवा उच्च घनत्व भएको स्थानमा  पनि विस्तार गर्ने  योजना रहेको कृषि शाखा अधिकृत सन्दिप थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button