तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी बैठक : प्रतिबद्धता पुरा गर्ने गरी काम गर्नुपर्नेमा जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा आज ६८ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको छ ।

file photo

आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टी र सरकारका मन्त्रीहरूले जनताको बीचमा गरेका प्रतिबद्धता पुरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

प्रवक्ता महराले बैठकमा बोल्ने प्रायः सबै नेता तथा पदाधिकारीहरूले बैठकको पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलाई समर्थन गर्नुभएको र जनताको बीचमा जानुपर्ने कुरालाई जोड दिनुभएको बताउनुभयो ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अस्ति बुधबारदेखि जारी छ ।

बैठकको पहिलो दिन १८ जना र दोस्रो दिन ५६ जना सदस्य तथा पदाधिकारीहरूले आ–आफ्ना भनाई राखिसक्नुभएको छ ।

बैठकमा नेताहरूले बोल्ने क्रम अझै बाँकी रहेको र भोलि बिहान ११ बजे पुनः बैठक बस्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button