पर्साको ग्रामीण क्षेत्रमा उद्योगको विस्तार गरिने छ : मन्त्री रिजाल
वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक वातावरण निर्माण गरी पर्साको ग्रामीण क्षेत्रमा समेत उद्योग कलकारखाना स्थापना गरिने बताउनुभएको छ ।

पर्साको ग्रामीण सदर मुकामको रुपमा रहेको पोखरीयामा पोखरीया नगरपालिकाद्वारा मन्त्री रिजालको सम्मानमा आयोजित स्वागत कार्यक्रममा मन्त्री रिजालले वीरगञ्जमा केन्द्रित औद्योगिक क्षेत्रको विस्तारलाई पर्साको ग्रामीण क्षेत्रमा समेत ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले औद्योगिक क्षेत्रको विस्तारसँगै रोजगारीको वातावरण निर्माण हुने हुँदा उद्योग स्थापनामा स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
पोखरीया नगरपालिकाका नगर प्रमुख प्रद्युम्न चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, नवीन सिंह, वसिष्ठनारायण पटेल, पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा लगायत पोखरीया नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्