तपाईँ सुन्दै हुनुहुन्छः

प्याब्सन मकवानपुरद्वारा १७१ जना विद्यार्थीलाई सम्मान

मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मकवानपुरले १७१ जना विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार हेटौँडामा एक कार्यक्रमको आयोजना गरेर हेटौँडाका विभिन्न विद्यालयबाट एसइईमा उत्कृष्ट अङ्क ल्याउने १७१ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

उत्कृष्ट हुने विद्यार्थीहरूलाई हेटौँडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी लगायतकाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतम, प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, प्याब्सन पूर्व अध्यक्ष राजन थापा लगायतकाले आतिथ्यता रहेको थियो । 

प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button