बाँकेमा बैङ्किङ कसुरका उजुरी दिनेको सङ्ख्या बढ्दो
नेपालगञ्ज । बाँकेमा बैङ्किङ कसुरका उजुरी दिनेको सङ्ख्या बढ्दो छ ।
आर्थिक वर्ष ०७९।०८० मा बैङ्किङ कसुरका ३०५ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आर्थिक वर्ष ०७८।०७९ मा ७५ वटा उजुरी मात्र परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । यस्तै आर्थिक बर्ष ०७७।०७८ मा १४ वटा उजुरी मात्र परेका थिए । बैङ्किङ कसुर लगायत आर्थिक लेनदेनका मुद्दाको सङ्ख्या बढेको डाँगीले बताउनुभयो ।
पछिल्लो समय उत्पन्न आर्थिक सङ्कटका कारण लेनदेन तथा बैङ्किङ कसुरका मुद्दा बढेको डाँगीको भनाई छ । प्रहरीमा उजुरीको चाङ देखिनु दुःखद् भएको उहाँले बताउनुभयो । ‘आर्थिक सङ्कटका कारण लेनदेन नमिलेका कयौँ घटना प्रहरीसम्म पुग्न सकेका छैनन् । त्यो पनि जोड्ने हो भने आर्थिक अपराध भुसको आगोझैँ घर(घरमा फैलिसकेको मान्न सकिन्छ,’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्