तपाईँ सुन्दै हुनुहुन्छः

ढोरपाटनमा चट्याङ लागेर दुई जनाको मृत्यू

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ पाखापानीमा चट्याङ लागेर दुई जना बालबालिकाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

शनिवार राति वर्षासँगै परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका वडा नं. ५ पाखापानीका चित्र बहादुर वि.क. का ६ वर्षीय छोरा दिनेश वि.क. र ९ वर्षीय छोरी सुनिता वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभएको छ।

चट्याङबाट बच्चाहरूको आमा यमकुमारी विक घाइते हुनुभएको छ। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको छ। चट्याङले घर नजिकै बाँधेको भैँसी पनि मरेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button