तपाईँ सुन्दै हुनुहुन्छः

वीर अस्पतालका सात सय शय्या बिरामीका लागि निःशुल्क

काठमाडौँ । वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क गरिएको छ ।

मन्त्रालयको पहलमा शय्याबापत आउने पैसाको शोधभर्ना गर्ने गरी सर्वसाधारणका लागि निःशुल्क गरिएको निर्देशक डा पौडेलले जानकारी दिनुभयो । यसअघि प्रतिदिन रु दुई सय शय्यामा शुल्क लाग्ने गरेको थियो । अस्पतालमा क्याबिन, सघन उपचार कक्ष (आइसियु) गरी नौ सय ६० शय्या रहेका छन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button