तपाईँ सुन्दै हुनुहुन्छः

बराह क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सुनसरी । पूर्वी पहाडी भेगमा भएको भारी वर्षाका कारण अरुण लगायतका नदीमा पानीको बहाव बढेपछि बराहक्षेत्र नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जुनसुकै समयमा पानीको बहाव एक्कासी बढ्ने र अप्रिय घटना घट्न सक्ने भन्दै बराहक्षेत्र नगर विपद् व्यवस्थापन समितिको बैठकले सतर्कता अपनाउने निर्णय गरेको हो ।

पूर्वी पहाडी भेगमा भएको भारी मनसुनका कारण सप्तकोशी नदीमा जुनसुकै समयमा पानीको बहाव एक्कासी बढ्न सक्ने र उक्त बहावका कारण अप्रिय घटना तथा धनजनको क्षति हुनसक्ने सम्भावना भएकोले सप्तकोशी किनार आसपास हिँडडुल, डुङ्गा सञ्चालन तथा माछा मार्न नपस्नुहुन साथै नदी वरिपरिका बासिन्दालाई उच्च सतर्कता अपनाउन बराहक्षेत्र नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button