प्रधानमन्त्रीद्वारा पशुपति क्षेत्रको अवलोकन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

त्यस क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गर्नुभयो । उहाँलाई उक्त क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्रीले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गर्नसके धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताउनुभयो ।

निरीक्षण तथा अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, ऊर्जा मन्त्री शक्ति बस्नेत, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती लगायत सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्