सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकप्टरमार्फत उद्धार
खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते हुनुभएको छ ।
बुधबार बिहान ७ः३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर ठगुन्ना गम्भीर घाइते हुनभएपछि उहाँलाई तत्काल गोकुलेश्वर अस्पताल ल्याइएको थियो ।
आगलागीमा परी गम्भीर घाइते भएका वृद्धको जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्