प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा अधिकांश सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भनी आरोपितले दिएको बयानका आधारमा ठूला साना सबैलाई छानबिनको दायरामा ल्याउन माग गर्नुभयो ।
सांसदहरुले सांसद विकास कोषमार्फत पैसा वितरण कार्य रोक्नुपर्ने, सरकारी कार्यालयहरूमा डिजिटलाइजेशन सिस्टमको व्यवस्था गर्नु पर्ने, मुलुकमा सुशासन प्रवद्र्धन गर्न सरकारी कार्यालयमा हुने भ्रष्टाचार र स्थानीय तहमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नु पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सांसदहरुले नागरिकता विहीन नागरिकहरूलाई छिटो नागरिकता दिने व्यवस्था गर्नु पर्ने, संसदले दुई दुई पटक पारित गरेको नागरिकता विधेयक र राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्