तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने

नवलपरासी । बर्दघाट नगरपालिकाले जारी गरेको शिक्षा ऐनमा जनप्रतिनिधि,शिक्षक लगायत सबै कर्मचारीहरूले आफ्ना सन्तती सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने उल्लेख गरेको छ।

सरकारी सेवासुबिधा वा पारिश्रमिक लिने कर्मचारी,जनप्रतिनिधिले आफ्ना सन्ततिहरूलाई सरकारी विद्यालयमा पढाउनु पर्ने दायित्व पनि हुने नगरपालिका आज जारी गरेको पत्रमा उल्लेख गरिएको छ।यसले विद्यालयको शैक्षिक गुणस्तर सुध्रनेमा आफू विश्वस्त रहेको नगर प्रमुख श्रेष्ठ बताउनु हुन्छ।

“राज्यलेनै शैक्षिक क्षेत्रमा करोडौँ लगानी गरेको छ नगरले पनि प्राथमिकतामा राखेकाले सबैलाई जिम्मेवारी बनाउन पनि ऐनमा यो बुँदा समेटेका हौ यो नैतिक दायित्व पनि हो” नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।यसमा सबैको भूमिका र सहयोग रहनु पर्ने उहाँको भनाई छ।

बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक भिमकाजि गुरुङले यो विषयमा जोडदार रुपमा आफ्नो आवाज उठाउँदै आइरहनु भएको छ ।यो व्यवहारिक रूपमै लागू गराउन नगर लाग्नु पर्ने उहाँको भनाई छ ।बर्दघाट नगरपालिकामा ३७ वटा सामुदायिक विद्यालयहरू रहेका छन्।

यो बाध्यकारी नभए पनि शैक्षिक गुणस्तर उकास्ने कुरामा यसले महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button