तपाईँ सुन्दै हुनुहुन्छः

जगन्नाथ आचार्य जुझारु र सिद्धान्तमा अडिग नेता : सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्व.जगन्नाथ आचार्य पार्टीप्रति बफादार ,जुझारु र सिद्धान्तमा अडिग नेता भएको बताउनुभएको छ ।

कांग्रेस नेता एवं पूर्व मन्त्री स्व.जगन्नाथ आचार्यको जन्म शताब्दी समारोहमा बोल्दै सभापति देउवाले नेता आचार्य किसानका हक हितका लागि लडेका व्यक्ति रहेको बताउनुभयो ।

उहाँले पार्टीका अग्रपङ्क्तिका नेता आचार्यको योगदान र विचारको पर्याप्त प्रचार हुन नसकेको भन्दै आगामी दिनमा पार्टीले त्यस तर्फ ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री ओमकार श्रेष्ठले नेता आचार्य सत्ता मोहलाई त्यागेर पार्टी हितमा लाग्ने नेता भएको स्मरण गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले अहिलेको लाभ हानिमा जोडिएको राजनीतिक परिवेशमा नेता आचार्यको जीवनीबाट पार्टीका नेता कार्यकर्ताले पाठ सिक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र गंंगालक्ष्मी अवाल,तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेता आचार्यका पुत्र विनोद आचार्य,पार्टीका निर्वाचन क्षेत्र नंं.२ का सभापति भेषबहादुर कार्की  लगायतले नेता आचार्यको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा  सभापति देउवाले भक्तपुर क्याम्पसका जेहेन्दार छात्रा सरु कोजुलाई रु २५ हजार नगद सहित जगन्नाथ आचार्य स्मृति पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button