भैरहवामा मनाइयो विश्व प्रयोगशाला दिवस
भैरहवा । भैरहवामा आइतबार विश्व प्रयोगशाला दिवस मनाइएको छ । दिवसको अवसर पारेर युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) बी.एस.सी.एम.एल.टी.को आयोजनामा जनचेतनामूलक र्याली, सडक नाटक तथा नृत्य प्रस्तुत गरियो ।

युसीएमएसबाट निस्किएको र्याली नगरका विभिन्न स्थानको परिक्रमा गरी देवकोटा चोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा युसीएमएसका बी.एस.सी. एम.एल.टी. कोर्डिनेटर प्रोफेसर नारायण गौतमले ९० प्रतिशत रोग नदेखिने रोग भएकोले रोगको पहिचानका लागि प्रयोगशाला आवश्यक रहेको बताउनुभयो। उहाँले प्रयोगशालाले रोगको उपचार र निदानका लागि धेरै नै मद्दत गर्ने बताउनुभयो ।

कन्सल्टेन्ट प्याथोलोजिष्ट, एशोसिएट प्रोफेसर तथा केयर प्लस डायग्नोष्टिक एण्ड प्याथोलोजी ल्याब सिद्धार्थनगर–१२, रुपन्देहीकी सञ्चालक डा. अनिता शाहीले प्रयोगशालाले रोगको सही कारण पत्ता लगाउन मद्दत गर्ने बताउनुभयो । उहाँले गुणस्तरीय ल्याबमा परीक्षण गराउन आग्रह गर्दै भन्नुभयो ‘उपचारका लागि रोग पत्ता लगाउनुपर्छ, त्यसका लागि गुणस्तरीय प्रयोगशाला (ल्याब) मा परीक्षण गराउनुपर्छ ।’
कार्यक्रममा युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसी, बी.एस.सी. एम.एल.टी.मा अध्ययनरत विद्यार्थी लक्ष्मी पौडेलले रोग पत्ता लगाउन प्रयोगशाला महत्वपूर्ण रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्