तपाईँ सुन्दै हुनुहुन्छः

‘दोलखाको प्राथमिकता’ विषयमा कार्यशाला

दोलखा । बागमती प्रदेशसभामा दोलखाबाट प्रतिनिधित्व गर्ने सांसदहरूको पहलमा जिल्लामा चालु आर्थिक वर्षमा भएका कामको प्रगति तथा आगामी कार्यक्रम र प्राथमिकता विषयमा एक दिने कार्यशाला सदरमुकाम चरिकोटमा आइतबार सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति दोलखा र भीमेश्वर नगरपालिकाको व्यवस्थापन तथा नेपाल पत्रकार महासङ्घ दोलखा शाखा र चरिकोट मिडिया फाउण्डेशनको समन्वयमा भएको कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका कार्यालयहरूले चालु आर्थिक वर्षमा भए गरेका काम तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

बागमती प्रदेशसभा सदस्य भरतबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु ठूला थामी र उर्मिला सुनुवार, भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका प्रमुख हिरा थोकर, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाई लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति दोलखाका पूर्व प्रमुख डबल पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button