तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा बस दुर्घटना अपडेट, मृतकको सनाखत, ३८ जना घाइते 

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल खण्डको जोरधारामा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सनाखत भएको छ । 

बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे तिर दुर्घटना भएको हो । 

दुर्घटनामा परि मृत्यु हुनेमा रुपन्देही देबदह नगरपालिका ३ की ४० बर्षीया राधिका पौडेल रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । 

३८ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको अस्पतालका प्राचार्य डाक्टर राजु प्रसाद शाक्यले जानकारी दिनुभयो । 

बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button