मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
यादवले आइतबार बारा जिल्ला क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको बेला उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना पचरौता नगरपालिका गएको भन्दै स्पष्टीकरण सोधेको हाे ।
आयोगले यादवलाई उपनिर्वाचनको समयमा उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी त्यहाँ किन गएको र त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २००९ को दफा ५ को उलङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उलङ्घन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो ।








प्रतिक्रिया राख्नुहोस्