विकास पहिलो प्राथमिकता : नेतृ देउवा
धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाले विकास पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको नवनिर्मित तीन तले भवनको उद्घाटन गर्दै उहाँले शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि आफू सधैँ लागिरहेको बताउनुभयो ।

त्यसअघि आजै उहाँले धनगढी उपमहानगरपालिका ८ स्थित तौलाह ताल र वडा नं १६ स्थित बेहडाबाबा मन्दिर परिसरमा निर्माण सम्पन्न विभिन्न भौतिक संरचनाको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, प्रदेश सभा सदस्य रमेश धामी, मेयर गोपाल हमाल, पूर्व मेयर नृप बड लगायतको सहभागिता रहेको थियो । तीन वटै विकास योजनाको निर्माण लागत १२ करोड ३७ लाख रहेको उपमहानगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्