तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गौरीगङ्गा नगरपालिका ४ राजीपुरका ५२ वर्षीय पटिङ्गो धामीको करेन्ट लागेर मृत्यु भएको हो ।

चापाकलको मोटरमा जडान गरेको बिजुलीको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि मायाँ मेट्रो अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button