तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा मानव अधिकारका विषयमा प्रशिक्षण

भोजपुर । नेपाल मानव अधिकार सङ्गठन भोजपुर शाखाको आयोजनामा मानव अधिकार विषयक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

भोजपुर सदरमुकाममा भएको प्रशिक्षण कार्यक्रममा नेपाल मानव अधिकार सङ्गठनका प्रशिक्षण विभाग प्रमुख प्राध्यापक डाक्टर गोविन्द प्रसाद ढकाल, अध्यक्ष अधिवक्ता महामुनिश्वर आचार्यले लोकतन्त्र, मानव अधिकार, कानुनी राज्य, मौलिक हकहरू, सुशासन दिगो विकास लक्ष्य लगायतका विषयमा सहभागीहरूलाई सहजीकरण गर्नुभएको थियो ।

भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो । सो क्रममा बोल्दै अतिथि वक्ताहरूले कानुनको शासनबाट मानव अधिकारको संरक्षण गर्न आवश्यक भएकोले भन्दै त्यसका लागि सबैले आफ्नो तर्फबाट दायित्व पुरा गर्नुपर्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रम २४ जिल्लामा सञ्चालन गरिने छ । सो मध्ये १२ वटा जिल्लाहरूमा यो कार्यक्रम सञ्चालन भइसकेको प्रशिक्षण विभाग प्रमुख प्राध्यापक डाक्टर ढकालले जानकारी दिनुभयो । भोजपुर भएको प्रशिक्षणमा मानवअधिकारवादी संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू, पत्रकार, प्राध्यापक, सङ्घसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । प्रशिक्षणमा सहभागीहरूले मानवअधिकारको विषयमा भएको कार्यक्रमले धेरै कुरा बुझ्ने अवसर दिएको प्रतिक्रिया दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button