लुम्बिनी पीस ओपन हाफ म्याराथन : दीपक अधिकारी र राजपुरा पछाई प्रथम

भैरहवा । शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा भएको लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले आज २१ किलोमिटरको दुरीमा प्रतियोगिता गराएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घण्टा ६ मिनट २ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दुरी पुरा गरेका थिए । यससँगै उनले १ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।
यस्तै, महिलातर्फ नेपाल प्रहरीका पछाईले १ घण्टा २४ मिनेट २ सेकेन्डमा २१ किलोमिटरको दुरी रापू गरेकी छिन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछिन्।
प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै द्वितीय भए । त्रिभुवन आर्मीका मुकेश पाल १ घण्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घण्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै चौथो भए ।
महिलातर्फ एपीएफका बिन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै द्वितीय भइन् । नेपाल प्रहरीका रेखा विष्ट १ घण्टा २६ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घण्टा २८ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै चतुर्थ भइन् । दुवै विधामा द्वितीयले ७५ हजार र तृतीयले ५० हजार र चौथो हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाचौं र महिनदेव जोशी छैटौँ भए । एपिएफका राजेन्द्र तामाङ सातौँ एवं त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौँ , प्रेमबहादुर बस्नेत नवौं र टङ्क कामी दसौँ भए ।

यस्तै महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपिएफका आशा रावल छैटौँ भए । त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौँ एवं खुलाबाट आठौँ सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौँ र शारदा शाही दसौँ भइन् ।
मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुन महिलाबार हुँदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गरेका थिए ।
प्रतियोगितामा दुवै विधाका पाचौंले २० हजार, छैटौँले १० हजार, सातौँले ७ हजार, आठौँले ५ हजार र नवौं तथा दसौँले ५, ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका विजेतालाई अपराह्न आयोजना हुने मूल समारोहमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गर्नुहुने छ ।
प्रतियोगितामा देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रेको अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्