तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

टीकापुर कैलाली । कैलालीको टीकापुर स्थित टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । 

अध्यक्षमा नेविसंघका नृप थापासहित उहाँको सम्पूर्ण प्यानल विजयी भएको छ । थापा ४७५ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्धन्द्धि अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाउनु भएको छ । 

नागरिक विद्यार्थी समाजबाट भिमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भुपेन्द्र रावलले २३३ मत पाउनु भएको छ । सचिवमा मनिराज भाट ५१० ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धि नागरिक विद्यार्थी समाजका  अनुज चौधरीले २८७ मत पाउनु भएको छ । 

कोषाध्यक्षमा अनिता डंगौंरा थारु ४७४ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धि अनेरास्ववियु क्रान्तिकारीका गणेश ओलीले २८४ मत पाउनु भएको छ । 

सदस्यमा नेविसंघकै कुलराज भाट, निशा शाह, प्रदिप कुमार चौधरी, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी हुनु भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिनुभयो । 

यस्तै समानुपातिक तर्फ नेविसंघले ५३०, नागरिक विद्यार्थी समाले २८१, अनेरास्ववियुले २८८ र अनेरास्वसवयु क्रान्तिकारीले २२६ मत पाएको छ । 

१६ सय १२ विद्यार्थी मतदाता रहेको टीकापुर बहुमुखी क्याम्पसमा हिजो भएको मतदानमा १३ सय ४३ मत खसेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button