तपाईँ सुन्दै हुनुहुन्छः

युएसएआईडीद्वारा नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरणलक्षित परियोजनाको आरम्भ

काठमाडौँ । नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले नेपालको स्वास्थ्य क्षेत्रका लागि २ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब २७ करोड रुपैयाँ) को परियोजना शुरु गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको साझेदारीमा ”स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना” शुरु गरिएको हो । 

परियोजनाले दसौँ लाख नेपालीको स्वास्थ्य सुधारका निम्ति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय सरकारहरू (गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका) लाई वित्तीय सहायता प्रदान गर्नेछ  ।

यसले नेपालीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० का लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button