चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक यादवले ताेडे आमरण अनसन

जनकपुरधाम । शुक्रबार साँझदेखि आमरण अनसनमा बस्नुभएका चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले आज आमरण अनसन तोड्नुभएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान आमरण स्थल जानु भई संयोजक यादवलाई जुस खुवाएर अनसन तोड्न लगाउनुभएको छ ।
सुनिल यादव बिहीबार साँझ ४ः०० बजेदेखि भूमिहीन दलित, सुकुम्वासीहरूको भूमि अधिकारका निम्ति र चुरे वन जङ्गल संरक्षणसहितको विभिन्न ६ बुँदे मागसहित जनकपुरधामको जनक चोकमा आमरण अनशनमा बस्नुभएको थियो ।
मुख्यमन्त्री यादवले एक साताभित्र एक समिति गठन गरेर प्रदेश सरकारले गर्न सक्ने सबै काम गर्ने तथा केन्द्र सरकारसँग सरोकार रहेको विषयमा केन्द्र सरकारसँग पहल गर्ने बताउनुभएपछि यादवले अनसन तोड्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्