तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीका दुई वटा क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

धनगढी । कैलालीका दुई वटा क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ । स्ववियु निर्वाचन समितिका अनुसार कैलाली बहुमुखी क्याम्पस धनगढी र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियामा आज स्ववियु निर्वाचन भएको छ । ती दुवै क्याम्पसमा केहीबेर अघि देखि मतदान शुरु भएको छ । कैलाली बहुमुखी क्याम्पसमा करिब ४३ सय मतदाता रहेको र यो सङ्ख्या यहाँका क्याम्पसको सबैभन्दा बढी विद्यार्थी मतदाता भएको  बताइएको छ । यो क्याम्पसमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तकारी लगायतका विद्यार्थी सङ्गठन चुनावी प्रतिस्पर्धामा रहेका छन् । विद्यार्थी सङ्गठनले क्याम्पस मुलगेट सहित आसपासमा प्रचारप्रसार समेत गरिरहेका देखिन्छन् ।

ती दुवै क्याम्पसमा विवादबिच चैत्र ५ गते स्ववियु निर्वाचन रोकिएको थियो । यसअघि स्ववियु निर्वाचन सम्पन्न भएका कैलालीका १० वटा क्याम्पसको अन्तिम नतिजा अनुसार अनेरास्ववियु ५, अखिल क्रान्तिकारी ४ र नेविसंघले १ क्याम्पसमा स्ववियु सभापतिमा जित हासिल गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button