चैत १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ ।
लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताउनुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकार विस्तार हुन कुनै पनि अप्ठ्यारो नरहेको बतउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्