रेडियो नेपाल सञ्चालक समितिका सदस्य पोखरेल इजिप्टको राजधानी कायरोमा सम्मानित

काठमाडौँ। गायक सीताराम पोखरेल इजिप्टको राजधानी कायरोमा सम्मानित हुनुभएको छ ।
वर्ल्ड वाइड मिडिया नेटवर्कको आयोजनामा तेस्रो ग्लोबल इन्टरनेशनल अवार्ड इजिप्टको कायरोस्थित होटल स्विस ईन नाईलमा भएको समारोहमा गायक पोखरेल सम्मानित हुनुभएको हो । गायक पोखरेलको यो वर्षको बहुचर्चित गीत ‘काँडा उम्रियो’ मार्फत उहाँ सर्वोत्कृष्ट गायकको रुपमा सम्मानित हुनुभएको हो ।

समारोहका प्रमुख अतिथि इजिप्टका लागि नेपाली राजदूत सुशील कुमार लम्सालले सर्वोत्कृष्ट गायकको रुपमा पोखरेललाई उक्त अवार्ड प्रदान गर्नुभएको वर्ल्ड वाइड मिडिया नेटवर्कका अध्यक्ष तथा महाप्रबन्धक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा गायक पोखरेलसँगै नेपालबाट विभिन्न विधामा छनौट हुनुभएका वरिष्ठ अधिवक्ता कलमबहादुर खत्री ,वरिष्ठ सौन्दर्यविद् मनिषा जिसी, युवा समाजसेवी एवं व्यवसायी अनिल नगरकोटी, साहित्यकार राधादेवी भण्डारी, स्वास्थ्य व्यवसायी गोपाल खड्का तथा समाजसेवी ममता खत्री, आधुनिक गीतका मोडल श्रीदेव भट्टराई, गीतकार सीताराम कोइराला र आधुनिक महिला गीतकार रिमा श्रेष्ठ, तामाङ सेलो (डेव्यु) जसपाल पाख्रिन तामाङ, सङ्गीतकार रविन्द्र पौड्याल, म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिन,लोक पप विधाको मोडलब प्रकाश श्रेष्ठ तथा स्वास्थ्य व्यवसायी अनिल कुमार शर्मा पनि सम्मानित हुनुभएको थियो ।

सम्मानित गायक पोखरेल रेडियो नेपाल सञ्चालक समितिका सदस्य हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्