तपाईँ सुन्दै हुनुहुन्छः

आदिवासी जनजातिले पहिचानको मुद्दा छाड्नु हुँदैन : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दा छाड्न नहुने बताउनुभएको छ ।

फाइल तस्बिर

नेपाल मगर सङ्घले आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उहाँले आदिवासी संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिले एकताबद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । क्षेत्रीहरू आदिवासी हुन् वा होइनन् भन्ने बारेमा गहिरो अध्ययनको खाँचो रहेको उहाँको भनाइ थियो ।

उहाँले आदिवासी जनजातिको एकता टुट्यो भने उनीहरूले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने बताउनुभयो । नेपाल मगर सङ्घले आदिवासी जनजाति योद्धाको योगदानको स्मरण गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button