मुलुकको समस्या सबै दल मिलेर समाधान गर्नुपर्छ : उपप्रधानमन्त्री लिङ्देन
झापा । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था सुदृढ गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
मेचीनगरको धुलाबारीमा मेची उद्योग वाणिज्य सङ्घको नवौं पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रममा उहाँले देशको स्थिति सामान्य आँखाले देखेजस्तो नरहेकाले राजनीतिक दलहरूले मिलेर यो समस्याको समाधान गर्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले सरकारमा वैचारिक, सैद्धान्तिक हिसाबले भिन्न दलको प्रतिनिधित्व भए पनि राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहको मुद्दामा एक ठाउँमा उभिएर काम गर्ने नौलो अभ्यास गरिरहेको बताउनुभयो ।
उहाँले नेपालका ठूला विद्युत् परियोजना नेपालीकै पैसा लगानी गरेर सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्दै गरेका कामबारे केही दिन भित्रैमा सार्वजनिक गर्ने बताउनुभयो । उहाँले प्राधिकरणको सेयर अब नेपाली जनतालाई नै दिने र सकेसम्म विदेशी भूमिमा रहेका युवालाई समेटेर प्राधिकरणको मालिक बनाउने योजना अघि सारिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्