सत्ता साझेदार दलहरूको बैठक सुरु
काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा मन्त्रीमण्डललाई पूर्णता दिने विषयमा छलफल भएको थियो । बालकोटमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भोलि मङ्गलवारका लागि सरकारलाई विश्वासको मत दिने सबै दल र नेताहरूसँग सर्वदलीय बैठक राखिएकाे जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्