ढुक्कसित काम गर्नका लागि विश्वासको मत : उपसभापति गुरुङ
वालिङ। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ढुक्कसित काम गर्ने वातावरण दिलाउनका लागि वर्तमान सरकारलाई विश्वासको मत दिइएको बताउनुभएको छ ।
आँधीखोला सञ्चार सहकारी संस्था (रेडियो आँधीखोला) को १७औँ वार्षिक साधारणसभामा वालिङमा उहाँले राष्ट्रिय समस्याको समाधानका लागि वर्तमान सरकारलाई ढुक्क भएर काम कांग्रेसले विश्वासको मत दिएको बताउनुभयो ।
“देशमा देखिएको आर्थिक मन्दीलाई रोक्नुपर्छ, राष्ट्रिय समस्याका विषयमा सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताका विषयमा साझा धारणा बनाएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “अब सरकार झिना मसिना विषयमा अल्झिएर बस्न हुँदैन, अनेकन विकल्पको खोजी गरी कार्यान्वयन छिटोभन्दा छिटो गर्नुपर्छ ।”
नेपाली कांग्रेसले विश्वासको मत दिँदैमा प्रतिपक्ष नै छैन भन्नु गलत बुझाइ रहेको उहाँले बताउनुभयो । कांग्रेस राष्ट्रिय समस्याका विषयमा सबै दलले साझा अवधारणा बनाएर समाधान खोज्नुपर्छ भन्नेमा प्रष्ट रहेको दाबी गर्नुभयो । “नेताले जनताको केही काम गर्लान् भन्ने आशा र अपेक्षासहित मत दिएर विजयी बनाएका हुन्”, उहाँले भन्नुभयो, “नेताले नैतिकतामा ख्याल गर्नुप¥यो, आर्थिक सुशासन कायम गराउनतर्फ लाग्नुपर्छ नत्र जनताले फेरि पनि दुःख र धोका मात्रै पाउँछन् ।”







प्रतिक्रिया राख्नुहोस्