तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टी–२० लिग क्रिकेट :  लुम्बिनी अल स्टार विजयी

काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटमा लुम्बिनी अल स्टारले काठमाडौँ नाईट्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाडौँलाई एक सय दुई रनले पराजित गरेको हो । 

सत्र ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र ८१ रनमा समेटियो । 

काठमाडौँका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरीले  १६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान दुई÷दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ७० रनको योगदान दिए । 

यस्तै लाहिरु मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७, अनिल शाहले १६ तथा कुशल भुर्तेल १५ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि अभिनाश बोहोराले तीन तथा बसिर अहमदले दुई विकेट लिए । 

जितसँगै लुम्बिनीले हालसम्म खेलेको नौ खेलमध्ये आठमा जित र एकमा हारका साथ १६ अङ्कसहित शीर्ष स्थानमा छ । हारसँगै काठमाडौँले आठ खेलमध्ये चारमा जित र चारमा हारका साथ आठ अङ्क जोडेको छ । 

काठमाडौँ अङ्क तालिकाको तेस्रो स्थानमा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button