तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक हिंसा विरुद्धको दिवसको अवसरमा आत्मरक्षा तालिम

जाजरकोट । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अछाम जिल्ला महिला विभागको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको आत्मरक्षा तालिम मङ्गलसेनमा सम्पन्न भएको छ ।

महिला विभाग प्रमुख गीता ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बोहरा प्रमुख अतिथि रहनु भएको थियो भने शिक्षक महासङ्घका केन्द्रीय उपाध्यक्ष तिलक कुवर, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य नर बहादुर रावल विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्ने अतिथिहरूले महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको अवस्थामा यो विशेष कार्यक्रम निकै उपयोगी हुने भएकाले महिला तथा पुरुषमाथि हुने विभिन्न खालका हिंसा यस्ता प्रशिक्षणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य मञ्जु महत, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख नारायण डाँगी, एमाले प्रदेश कमिटी सदस्य सरिता उपाध्याय, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रदेश उपाध्यक्ष जानकी बोहरा, जिल्ला अध्यक्ष सर्पराज जैसी रिमाल, केन्द्रीय प्रतिनिधि मञ्जु कुवर, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदन बोगटी लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button